सोसल मिडिया
युनिकोड
धनुषा जिल्ला अदालतले समातेर थुन्न मिल्ने गरिको चिर्कटो दिएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी टोली थापाथलीस्थित कान्तिपुर कार्यालयमा पुगेको छ । र, उनलाई नियन्त्रणमा लिएको छ।
उनलाई गिरफ्तार गर्नका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ठूलो टोली त्यहाँ पुगेको हो । टोलीको नेतृत्व एसएसपी सानुराम भट्टराईले गरेका छन् ।
उनीविरुद्ध आज धनुषा जिल्ला अदालतले दोहोरो नागरिकता प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो । गत वैशाख २७ गते उनले दुईवटा नागरिकता लिएको अभियोगमा छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी परेको थियो ।
पक्राउ पूर्जी जारी भएपछि उनी आज सर्वोच्च अदालत पुगेका थिए । आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै उनले अदालतमा रिट निवेदन दिएका हुन् । तर, ढिलाई भएपछि रिट निवेदन दर्ता भएन । सिरोहियालाई समातेर धनुषा रेफर गर्न त्यहाँ पुगेका सानुराम भट्टराई पूर्वप्रधानमन्त्री केपी ओलीका पूर्व पिएसओ हुन् ।