सोसल मिडिया
युनिकोड
कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेका छन् । उनी कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाटै पक्राउ परेका हुन् ।
नागरिकता किर्ते कसुरमा सिरोहियाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको थियो । धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
कान्तिपुर मिडियाले सत्तापक्षको स्वार्थ र गृहमन्त्री रवि लामिछानेको कर्तुत बाहिर ल्याएकोमा प्रतिशोध साँधेर उलाई पक्राउ परेको बताएको छ । उनलाई आज नै धनुषा लगिने बताइएको छ ।
उनको पक्राउलाई लिएर पत्रकार युवराज घिमिरेले सिरोहियालाई राज्यले नियोजित तरिकाले निशाना बनाएको प्रतिक्रिया दिए । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मिडिया हाउसको अध्यक्षलाई कार्यकक्षमा पुगेर पक्राउ गर्नु निन्दनीय रहेको बताए । उनले राज्यले सही चरित्र देखाउन नसकेको बताए । साथै, उनले राज्य संयन्त्रको दुरुपयोग भएको बताए ।