दुई पार्टी मिल्ने शनिवारलाई जुर्यो साईत 

शुक्रबार, वैशाख १४, २०८१

प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ।  दुई पार्टीबिच शनिबार एकता हुन लागेको हो । 

राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्यट्मा १२ः३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । 

एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ । नेतृत्वमा साहनै हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्