कर्मचारीको संक्षिप्त दरबन्दीको व्यवस्थापन गर्न बागमती सरकारले के गर्यो ?

मंगलबार, जेठ ८, २०८१

बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन २०८० को अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयका छुट्टाछुट्टै कर्मचारीको संक्षिप्त दरबन्दीको व्यवस्थापन गर्न स्वीकृत प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्