उपेन्द्रको पार्टी टुटफुटको छिनोफानो जेठ १४ मा हुने

मंगलबार, जेठ ८, २०८१

जनता समाजवादी पार्टी नेपाल विभाजन गरेर जनता समाजवादी पार्टी दल दर्ता गराएका सात सांसदविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने क्रममा अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम सहभागी गराउन रोक लगाउन माग गर्दै उपेन्द्रले गत आइतबार रिट दायर गरेका थिए ।

सो रिटमा आज सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न कारण देखाउन आदेश समेत जारी गरेको छ । अन्तरिम आदेश जारी हु्ने वा नहुने बारे निश्कर्षमा पुग्न जेठ १४ गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्