विरोधका सम्धी समातिदा माधव नेपाल भाउन्न

मंगलबार, जेठ ८, २०८१

कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकार महासंघका अध्यक्षदेखि कानून व्यवसायी र वरिष्ठ पत्रकारहरुले निन्दा गरेका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि सिरोहिया पक्राउको निन्दा गरेको छ । पार्टीका महासचिव घनश्याम भुसाललले मिडियालाई दबावमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएका छन् ।

भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घट्नाले प्रेस र राज्यकाबीच द्धन्द्ध सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनैपनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा तुरुन्त प्रष्ट गर्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य विरोध खतिवडाका सम्धी हुन् सिरोहिया। सिरोहियाका छोरा सम्भवले खतिवडा पुत्री शृंखलालाई बिहे गरेका छन्। विरोध माधव नेपालका प्यारा मध्येकै एक नेता हुन्। शृंखला पूर्व मिस नेपाल समेत हुन्। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्