सोसल मिडिया
युनिकोड
कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि चौतर्फी विरोध हुन थालेको छ। पछिल्लो पटक नेपालस्थित अमेरिकी दूतावास पनि सो विषयमा बोलेको छ ।
सिरोहिया पक्राउपछि दूतावासले कूटनीतिक भाषा प्रयोग गरेर आफूलाई अझ परिपूर्ण बनाउनका लागि मुलुकमा प्रेस स्वतन्त्र मार्गदर्शक सिद्धान्त हुने औँल्याएको छ ।
उसले भनेको छ, “कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।”
अगाडि आफ्नै देशको उदाहरण दिँदै राजदूतावासले ‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्त रहेको बताएको छ ।
सिरोहियालाई हिजो पक्राउ गरेर रातारात हिजै धनुषा पुर्याईएका छन्।