तीनपटक सम्म क्यान्सरको अप्रेसन गरेका बालसखा भेटेर शेखर बढाए आत्मबल

बुधबार, जेठ ९, २०८१

एउटा उचाई प्राप्त गरेपछि, सत्ता र शक्तिमा पुगेपछि अथवा प्रशस्तै सम्पत्ति कमाएपछि मान्छेले धरालत बिर्सिन्छ भन्ने भाष्य हामीकहाँ ब्याप्त छ। 

अझ, राजनीतिमा एउटा लय समातेपछि आफूपछिकालाई दबाएरै राख्ने र कारिन्दा मात्र बनाउनेको जमात छ। राजनीति संस्कार पनि हो भन्ने कुरालाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोईरालाले देखाउदै गएका छन् । 

मलामी गएर होस्, यात किरियापुत्री भेट्न पुगेरै किन नहोस् उनले राजनीति गर्ने मान्छे अर्कै होइनन् भन्ने संकेत दिएका छन् । आजै मात्र उनले आफ्ना बिरामी बालसखा भेटेर मनोबल उच्च बनाउने काम गरेका छन् ।

तीन पटकसम्म क्यान्सरको अप्रेसन गराईसकेका अजय ढुङ्गानाको स्वास्थ्य अवस्था बुझ्न् कोइराला उनकै घरमा पुगेका छन् । ढुङ्गाना र शेखर एउटै स्कूलमा एउटै कक्षामा पढेका हुन् । 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्