सहकारी ठगलाई ठेगान लगाउन कांग्रेसले सडक आन्दोलन गर्ने

बुधबार, जेठ ९, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलन गर्ने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सानेपामा जारी छ। उक्त बैठकले सडक आन्दाेलन गर्ने निर्णय गरेकाे हाे।

कांग्रेसले देशभरका सहकारी पीडितलाई संगठित गर्ने रणनीति पनि तय गरेकाे छ।

कांग्रेसले प्रथम चरणमा शुक्रबार भृकुटीमण्डपबाट सुरु गर्ने र सहकारीपीडित बढी भएका सहरहरू पोखरा, चितवन, रुपन्देहीलगायत देशभर आन्दोलन गर्ने कार्यक्रम तय भएकाे छ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेकाे छ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्