सोसल मिडिया
युनिकोड
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी देवेन्द्र रमण खनालले पाएका छन्।
यस अघि कायममुकायम सीईओको रुपमा कार्यसम्पादन गर्दै आएका खनाललाई बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
चार वर्षे कार्यकालका लागि नियुक्त भएका खनाल अनुभवी र सिद्धहस्त बैंकरका रूपमा परिचित छन् ।
सीईओ नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको थियो। सर्टलिस्टमा खनालसँगै कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी समेत रहेका थिए।
सीईओका लागि २० जनाले आवेदन दिएकामा तीमध्ये ५ जना सर्टलिस्टमा परेका थिए। सर्टलिस्टबाट खनालले सीईओ बन्ने मौका पाएका हुन्।