रविको नाममा अल्झेको कार्यदलको बैठकमा के-के हुँदैछ ?

बिहीबार, जेठ १०, २०८१

सहकारी ठगी छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबार बसिरहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा कार्यदलका सदस्यहरुबीच समितिको कार्यादेशमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा नेपाली कांग्रेसका जीवन परियार, नेकपा एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्