कार्यदलले आज पनि निकालेन फल, किन भयो अलमल ?

बिहीबार, जेठ १०, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनका लागि गठित कार्यदलको बैठक आज पनि टुङ्गोमा नपुगी उठेको छ।   

संसदीय समितिको टीओआर टुङ्ग्याउन कार्यादलको बैठक बसेपनि कांग्रेसले आफ्नो अडान कायमै राख्दा टीओआर नटुङ्गिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद शिशिर खनालले आज पनि टीओआरमा सहमति नजुटेको बताए । 

उनले भोलि विहान बस्ने बैठकमा सहमति जुट्ने सम्भावना प्रवल रहेको पनि बताए । नेता खनालले कांग्रेस सहमतिमा आउन सकारात्मक देखिएको पनि बताए । ‘अहिले उहाँहरु थप छलफल गर्ने भन्ने सहमतिमा हुनुहुन्छ । मेरो बुझाइमा उहाँहरु सकारात्मक हुनुहुन्छ,’– नेता खनालले भने ।

काङ्ग्रेसले भने रविको नाम उल्लेख नगर्दा सम्म सहमति हुनै नसक्ने प्रष्ट पारेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्