राष्ट्रपति भेट्न प्रचण्ड शितलनिवास पुगे, के भएछ कुरा ?

शुक्रबार, जेठ ११, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा उनीहरूबीच सरकारले ल्याउन लागेको बजेटको तयारी र प्रतिपक्षी दलहरूले गरिरहेको संसदको अवरोधबारे छलफल भएको शीतल निवास स्रोतले जनाएको छ ।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधबारे चासो राखेका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डलाई संसदको अवरोध हटाउन अधिकतम पहल गर्न पनि सुझाव दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको र छिट्टै अवरोध हट्ने बताएका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्