आर्मी क्लबलाई पुलिस क्लबले पछार्यो

शुक्रबार, वैशाख १४, २०८१

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबारको पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। 


पुलिस क्लबले आर्मीलाई २५–१९,१७–२५,२५–१५ र २५–१३ ले हराएको हो। पहिलो सेटमा जित निकालेको पुलिस क्लबले दोस्रो सेट भने गुमाउन पुग्यो। 

खेलको प्लेयर अफ दि म्याच बनेकी पुलिस क्लबकी लक्ष्मी चन्दले १५ हजार रुपैयाँ प्राप्त गरिन्। आजै हुने दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिब क्लब र एपीएफ क्लल भिड्नेछन्। सो खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ। 


चार टोली सहभागी प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्