धनुषा जिल्ला अदालतको पाँच नम्बर ईजलासले कैलाशलाई थुन्छ कि छोड्छ ?

शुक्रबार, जेठ ११, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज पुन: धनुषा जिल्ला अदालतमा पेस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका  सिरोहियासँग जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ३ घन्टा बयानपछि प्रक्रियाका लागि जिल्ला अदालत लगिएको हो । 

जिल्ला अदालत धनुषाको पाँच नम्बर इजलासमा उनलाई पेस गरिएको छ । त्यो इजलासमा न्यायाधीस रोमाकान्त ज्ञवाली छन् । सिरोहियालाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न माग गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्