सोसल मिडिया
युनिकोड
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियासँग जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ३ घन्टा बयानपछि म्याद थपा प्रक्रियाका लागि जिल्ला अदालत लगिएको थियो।
जिल्ला अदालत धनुषाको पाँच नम्बर इजलासले उनलाई तीन दिन थुन्न अनुमति दिएको हो। न्यायाधीस रोमाकान्त ज्ञवालीको इजलासले पाँच दिन समय मागिएको भएपनी तीन दिन म्याद थपेको हो। यस अघि पनि उनलाई तीन दिन थुनामा राख्न अनुमती दिएको थियो।