कति छ आज डलरको भाउ ? यस्तो छ आजको विदेश मुद्राको विनिमयदर

शनिबार, जेठ १२, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

image-5-768x470-1716600778.png
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्