हेटौंडामा बसले ठक्कर दिँदा एक ठहरै

शनिबार, जेठ १२, २०८१

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११, थानाभर्‍याङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १६७५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषको परिचय खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्