गोगोरोले नयाँ स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि भित्र्यायो, ६ सेकेन्डमै हुन्छ चार्ज

शुक्रबार, वैशाख १४, २०८१

नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी भित्रिएको छ। दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नयाँ स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि भित्र्याएको हो। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गोगोरोको क्रसओभर जीएक्स२५० स्कुटर सार्वजनिक गर्दै चार्जिङमा स्वाप टेक्नोलोजीले विद्युतीय २ पांग्रेको व्यापार ह्वात्तै बढाउने बताएका छन्। 

नेपालमा चारपांग्रे बजार हिस्सा ५० प्रतिशत बढी भए पनि २ पांग्रेको ५ प्रतिशत मात्रै रहेको छ। 

ब्याट्री स्वाप टेक्नोलोजीले ५ प्रतिशतको बजार छिट्टै ५० प्रतिशत पुर्याउने विश्वास गरे। कुलमान घिसिङले निजी क्षेत्रबाटै चार्जिङ स्टेसन बनाउन लागेको छ। उनले स्टेसन बढे पनि लाइनमा बस्नुपर्ने अवस्था रहेको बताए। ४ पांग्रेमा पनि स्वाप टेक्नोलोजी आवश्यक रहेको सुनाए। 

पेट्रोलका २ पांग्रेको तुलनामा विद्युतीय साधन २० गुणाले सस्तो पर्ने बताएका छन्। 

नेपालमा नेबुला इनर्जीले गोगोरो स्कुटर र प्रविधि भित्र्याएको छ। नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले ऊर्जा खपत गर्ने मुलुकमा तल रहेको बताउँदै ऊर्जा खपत बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए। 
 
नेवुला इनर्जीका प्रबन्धनिर्देशक साहायु गोयलले नेपामा २ पांग्रे विद्युतीय सवारीको ५ प्रतिशत मात्रै बजार हिस्सा हुनु चार्जिङको समस्याको कारण रहेको सुनाए।   

‘ब्याट्री स्वापिङ इनर्जी प्रविधिले समस्या समाधान गर्छ’, उनले भने। अब घरमा ५–६ घण्टा स्कुटर चार्ज गर्नुपर्दैन। चार्जिङ स्टेसनमा गई ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न सकिन्छ। ब्याट्री स्वापिङ इनोभेटिभ तरिका हो। 

गोगोरो सुरुमा बीटुबी सञ्चालनको लागि उपलब्ध हुनेछ। सर्वसाधरणलाई खुद्रा बिक्री यस वर्षको अन्त्यमा मात्रै उपलब्ध हुने कम्पनीले बताएको छ। 

कम्पनीले नेपालमा जुमजुम, फुडमान्डु, गल्ली म्याप लगायतका कम्पनीसंग सहकार्य गरिसकेको छ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्