काँग्रेसको नयाँ आईडियापछि कार्यदलको बैठक, मिल्छ कि भाडिन्छ ?

शनिबार, जेठ १२, २०८१

सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । आजको बैठक दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने छ ।

कानुन मन्त्रालयमा शुक्रबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो ।

गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा किटान नगर्ने तर उनी जोडिएका सहकारीको नाम उल्लेख गर्नुपर्ने प्रस्ताव काँग्रेसले राखेको थियो । काँग्रेसको उक्त प्रस्तावमा आ-आफ्नो दलमा छलफल गर्नका लागि सत्ता पक्षले समय मागेको थियो । रविको नाम नराखे पनि गोरखा मिडियाको नाम चाहिँ राख्नै पर्ने काङ्ग्रेसको अडान छ। 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्