संसदीय समिति

सिंहदरबारबाट बालुवाटार पुर्याएको पोको खोलियो, कस्तो बन्ने भयो फ्रेम ?

शनिबार, जेठ १२, २०८१

सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बन्ने भएको छ । समितिको कार्यदेश कस्तो हुने भन्नेबारे कार्यदलमा सहमति भएको छ । छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने विषयमा कार्यदलका सदस्यहरु सहमतिमा पुगेका हुन् ।

सिंहदरबारस्थित् कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकले सहमति गरेपछि शीर्ष नेताहरु बालुवाटारमा भेला भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट बालुवाटार हिडिंसकेका छन् । कांग्रेस नेताहरुपनि बालुवाटारमा पुगिसकेका छन् ।

कांग्रेसले लगातार संसद् अवरोध गर्दै आएपछि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमदेखि बजेटसम्म प्रभावित भएको छ। 

सरकारले गत जेठ १ गते संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुन सकेको छैन। बजेट अध्यादेशमार्फत् आउनसक्ने चर्चाबीच दलहरू समिति बनाएर संसद्को डेढ लक अन्त्य गर्नेगरी छलफलमा जुटेका हुन्। 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्