देउवा घरै बसेपछि बालुवाटार गन्थनले लगाएन पार, बिहानै हुने भयो वारपार

शनिबार, जेठ १२, २०८१

सहकारीको ठगी छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा कार्यदलले जुटाएको भनिएको सहमतिको बुँदामै समस्या देखिएपछि आज पनि सहमति हुन सकेन। 

छलफल गर्न भेला भएका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ र नेताहरु आफ्ना घर तर्फ लागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको छलफल सकारात्मक भए पनि आइतबार बिहान शीर्ष नेताहरू बसेर टुंगोमा पुग्ने गरि उठेका हुन्। 

भोलि ९ बजे नेपाली कांग्रेस सभापतिसहित शीर्ष नेताहरूको बसेर टुंगो लगाउने सहमति मात्र भएको एक नेताले बताए। 

यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेरी छलफल भएको थियो। 

बालुवाटारको शनिबारको बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन्। उपसभापति पूर्णबहादुर खड्का, सांसद परियार, ज्ञानेन्द्र बहादुर कार्की लगायत बैठकमा थिए। भोलि चाँही देउवा सहित बस्ने कार्यक्रम तय भएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्