सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका छन् । सदनको गतिरोध अन्त्यका लागि नेपालले प्रधानमन्त्री ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।
आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराइएको उपाध्यक्ष हमालले बताए । “सचिवालय बैठकले प्रधानमन्त्रीलाई गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराएका हौं,” उनले भने ।
भेटमा अध्यक्ष नेपालले संसद्मा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहल आवश्यक रहेको बताए । सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने विषयमा पार्टीको तर्फबाट सहयोग रहने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका छन् । “कुराकानी भएकै छ । भर्खरै मात्रै देउवाजीसँग भेटघाट भएको छ । गतिरोध अन्त्यका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्छाैं,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उपाध्यक्ष हमालले भने । देउवाले प्रचण्डलाई रविको नाम बिनाको छानबिन समिती बनाउन काङ्ग्रेसलाई ईच्छा नभएको बताएका छन् । उता, प्रचण्डले माधव भेटेपछि ओलीले भने शंका गरेको श्रोतको भनाई छ।