नाराबाजी सुन्न सभामुख तयार, दलको लफडा जस्ताको तस्तै

आइतबार, जेठ १३, २०८१

एघार बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक बल्ल सुरु हुने तरखरमा छ। बैठक झन्डै १ घण्टा ढिला सुरु हुन लागेको हो । संसद् बैठक सहज सञ्चालनका लागि दलहरुबिच सहमतिको प्रयास गरेपनि सहमति नजुटी बैठक अघि बढाउन लागिएको हो ।

केहीबेरमा बैठक सुरु हुन लागेपनी दलहरु बिच सहमति नहुँदा अवरुद्ध हुने निश्चित छ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गर्ने भएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्रीको नाम प्रस्ट लेख्नुपर्ने अडान जारी राखेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्