प्रचण्डलाई अवरोधका बिचमा जवाफ दिनुपर्दा लागेन स्वाद

आइतबार, जेठ १३, २०८१

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको अवरोधका बिच सरकारले नीति तथा कार्यक्रमको सदनमा छलफल चलाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विरोधकै बीचमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदा नमिठो लागेको बताएका छन्। 

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन्।

उनले केही दिनयता राजनीतिक दलहरु, प्रतिपक्ष दलका नेताहरुसँगको छलफल जारी राखेको र सहमति र समझदारीको धेरै नजिक पुगेको महशुस गरेको उनले बताए। 

बूढानीलकण्ठमै पुगेर आज बिहान पनि सहमतिको प्रयास गरेको उनले बताए। बजेट वक्तव्य पढ्ने बेलासम्म सहमतिमा पुगिने आशा गरे। तर काङ्ग्रेसले भने जस्तो समिति बनाउन जटिल भएको एमालेले बताएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्